सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमा

२०८१ वैशाख २६, ११:३९ खबर संवाददाता

कविता जोशी : सुन्दा त लाग्छ दुई अक्षरको छोटो तर मिठो शब्द आमा 
तर त्यही भित्र लुकेको रहस्य...
के वर्णन गरौ आमाको...
आमा नै स्वयम् सिङ्गो संसार सिङ्गै शब्दकोष 
शब्दकोष भरिको शब्दले पनि प्रस्ट्याउन नसकेको अर्थ हो 
के भनेर सम्बोधन गरु आरम्भ तपाईँ मध्ये र अन्य पनि तपाईँ 
कुनै नाप जोख छैन तपाईका तत्व र बोधको, 
तपाई बिना यो संसारको कुनै मोल पनि त छैन
तपाईले दिएको जिन्दगीको कुनै हिसाब छैन
सकेन गणितका ठिटाले बिटाले नि छुट्याउन 
सकेन साइन्सका ती लअ हरूले व्याख्या गर्न 
सकेन समाजका अगुवाइ नियमले सिकाउन
सक्यो त केवल तपाईको कोमलताले सिँगारिएको पाठ
पृथ्वीको गुरुत्व बल भन्दा नि तपाईको बलको महिमा अपार छ।।
तपाईको त्यागको अगाडी अरू केही मोल छैन आमा
कर्ता तपाई कर्म तपाई क्रिया पनि तपाई
संसारको रचनाकार, संचालिका तपाई 
सुरुवातबाट हारेको देखिन, थाकेको देखिन 
चिसो देखिन, तातो देखिन
भोक देखिन, रोग देखिन 
आँसु देखिन, हाँसो देखिन
देखे त केवल  मन्द मुस्कान 
आफ्ना सन्तानको लागि गरेको
गौतम बुद्धको जस्तै कठोर तपस्या 
देखाउन खोज्नु भएन या मैले देखिन 
तर त्यो थकित शरीर ती भारी जिम्मेवारी 
कहिल्यै नझुक्ने कहिल्यै नडगमगाउने 
तपाईको कठोरता अहिले महसुस हुन्छ आमा ।।
तपाईको अगाडि सबै फिका पर्छन् 
त्यो जुनले दिने शीत
रविको प्रकाश धमिलिन्छ 
आँधीले छुन्न, हुरीले उडाउन्न
बलियो अटल हिमाल जस्तै तपाईं 
समुन्द्री छालजस्तै छचल्कि रहनुहुन्छ
सन्ततिको लागि यसरी दौडिनु हुन्छ
मानौ युद्ध मैदानको घोडाले पनि हार खाओस्।

के उपहार दिउँ र म तपाईलाई आमा, 
मेरो जिन्दगी स्वयम् तपाईकै देन त हो। 
सम्पूर्ण आमाहरूमा मातातीर्थ औँसीको शुभकामना!!
लेखकः कविता जोशी 

कमेन्ट लोड गर्नुस