सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘छक्का पञ्जा ५’ मा नयाँ नायिका

२०८१ जेठ ३, ०९:४२ खबर संवाददाता

काठमाडौँः दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बनाउन लागेको नयाँ फिल्म हो ‘छक्का पञ्जा ५’।

फिल्मको लेखनका लागि केही समय पोखरा रहेका दीपक लेखन सकाएर हालै काठमाडौँ फर्किसकेका छन्। फिल्मको छायाङ्कन जेठको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण युनिट जुटेको छ। फिल्म दीपाश्री निरौलाले नै निर्देशन गर्न लागेकी हुन्। फिल्मका लागि अहिले कलाकार छनौट भइरहेको छ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका केही कलाकार पुरानै रहनेछन्। अन्य कलाकारहरूसँग कुराकानी भइरहेको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीको भनाई छ। फिल्ममा एक जना मात्र नायिका रहनेछन्।

फिल्मको लागि अहिलेसम्म नायिका भने फाइनल भएको छैन। ‘छक्का पञ्जा’को यस अगाडिको प्रत्येक सिक्वेलमा फरक फरक नायिकाले काम गरेका छन्। यो सिक्वेलमा को हुने भने अहिलेसम्म फाइनल भएको छैन। केही दिनमै नायिकासँगै अन्य कलाकारको लाइन अप पुरा गर्ने तयारीमा निर्माण टिम जुटेको छ।
 

कमेन्ट लोड गर्नुस