धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु
धनगढी: धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्याउने होम डेलिभरी सेवा सुरु भएको छ। ‘कान्छा दाई’ एपमार्फत ग्राहकले आफूलाई मन परेको रेस्टुरेन्टको खाना तथा खाजा घरमै मगाउन सक्ने व्यवस्था गरिएको हो।
सुदूरपश्चिमका लागि ‘कान्छा दाई’को फ्रेन्चाइच मनुश्री मल्टीसर्भिस प्रालिले सेवा सञ्चालनमा ल्याएको हो। सेवा सुरु भएको अवसरमा तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुटसहित निःशुल्क डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
मनुश्री मल्टीसर्भिस प्रालिका सञ्चालक दिनेश बोहराका अनुसार रेस्टुरेन्टमा पुगेर खाना खान नसक्ने तथा घर, कार्यालय वा कार्यस्थलमै खाना तथा खाजा मगाउन चाहने ग्राहकलाई लक्षित गरी सेवा सुरु गरिएको हो।
धनगढीमा सेवा विस्तार गरेपछि महेन्द्रनगर र अत्तरियामा समेत होम डेलिभरी सेवा विस्तार गर्ने योजना रहेको बोहराले बताए।