सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

२०८१ वैशाख २३, १२:१५ रासस

गण्डकीः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।।
 

कमेन्ट लोड गर्नुस