सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २८५ एमालेका पुराना नेता र कार्यकर्तालाई सम्मान

२०८१ जेठ ४, ०१:५० खबर संवाददाता

धनगढीः कैलालीमा पहिलो पटक एमालेका ज्येष्ठ पार्टी सदस्यलाई सम्मान गरिएको छ।

३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता कार्यकर्ताहरूलाई सम्मान गरेको हो। उनीहरुमध्ये अधिकांश मदन भण्डारी र जीवराज आश्रितसँगै राजनीतिमा होमिएका नेता कार्यकर्ताहरू रहेका थिए।

एमाले कैलालीका जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले मदन भण्डारी र जीवराज आश्रितका समकालीनलाई सम्मान गरिएको बताए। एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले कैलालीमा पहिलो पटक नयाँ र नौलो शैलीले मदन आश्रित स्मृति दिवस मनाइएको बताए।

कमेन्ट लोड गर्नुस