सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाको आत्मालोचना

२०८० फाल्गुन २६, ०५:४९ खबर संवाददाता

काठमाडौँः माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन्। घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले बताएकी हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु। आगामी दिनहरूमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। ’

गत फागुन २० गते पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको व्यवसायीहरूको आरोप छ। गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका छन्।
 

कमेन्ट लोड गर्नुस