कैलालीको जोशीपुरमा कुखुरा फर्ममा आगलागी
२०८१ वैशाख १५, ०५:४३
धनगढीः कैलालीको जोशीपुर गाउँपालिकामा कुखुरा फर्ममा आगलागी भएको छ। बिद्युतको पोलबाट तार सर्ट भएर नजिकै रहेको कुखुरा फर्ममा आगलागी भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।
आगलागीबाट फर्ममा रहेका ४ क्विन्टिल कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागी इलाका प्रहरी कार्यालय जोशीपुरबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस