सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा विद्यार्थीसँग सांसद कार्यक्रम हुने

२०८१ वैशाख १५, ०६:४०

धनगढी: काठमाडौंमा "ब्याग्स अफ होप" भन्ने सामाजिक संस्था द्वारा ‘इम्पावरिङ डेमोक्रेसी-विद्यार्थीसँग सांसद" कार्यक्रम हुने भएको छ। कार्यक्रमका लागि काठमाडौं उपत्यकाका भित्रका १० वटा ठुला सरकारी र निजी कलेजमा चलाइने छ।

विभिन्न राजनीतिक दलका सांसदसँग युवा सशक्तिकरण, राजनितिमा युवाको भूमिका , देशमा बाँकी रहेको आशा र सम्भावनाका बिषयमा अन्तरक्रिया गरिने भएको छ। कार्यक्रमको पहिलो शृङ्खला खला त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस , किर्तिपुरमा पूर्व मन्त्री नारायणप्रकाश साउँदसँग अन्तरक्रिया गरिने भएको छ। संवाद कार्यक्रमको सबै शृङ्खलाको टिभी टुडेबाट प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम संयोजक एस पी भट्टले बताए।

कमेन्ट लोड गर्नुस