सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन मुद्दामा फरार रहेका कैलालीको गोदावरीका १ जना पक्राउ

२०८१ वैशाख २७, ०८:३२ खबर संवाददाता

धनगढीः वन मुद्दामा फरार रहेका कैलालीको गोदावरीका १ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र २ लाख ७५ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–४ बस्ने ४६ वर्षीय प्रेम मल्ल  पक्राउ परेका हुन्। मल्ललाई बुधवार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी सजाए भुक्तानका लागि अदालतमा पेश गरेको छ।

कमेन्ट लोड गर्नुस