सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ३ जना लागूऔषधसहित पक्राउ

२०८१ वैशाख २७, ०७:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। बुधवार तीनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस