सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दुई स्थानमा आगलागी, ५ लाख बढीको क्षति 

२०८१ वैशाख २७, ०८:०७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको दुई स्थानमा आगलागी भएको छ।

दोधारा चाँदनी नगरपालिका-२ कमलाशा टोलका मानसिंह बिष्टको कच्ची गोठ र भान्छा कोठामा बिद्युतको तार सट भइ बुधवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा भान्छाकोठा, गोठ, गहुँ, कुर्सी लगायतका सामान गरि अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

यसैगरी कृष्णपुर नगरपालिका-१ कुन्ज कल्लीका मनबिरेराम भुलको बाख्रा तथा कुखुरा पालन गर्ने हाल खाली रहेको कृषि फर्ममा बिद्युतको तार सट भइ भएको हो। फर्ममा बुधवार दिउँसो आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस