सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते 

२०८१ वैशाख १५, ०६:०३ खबर संवाददाता

दार्चुलाः दार्चुलामा चट्याङ पर्दा दुई जना घाईते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा चट्याङ पर्दा ३५ वर्षीया महिला र ८ वर्षीय बालक घाईते भएका हुन्।

घाईते दुुबै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। चट्याङबाट दुुई घरको वाइरिङ र मिटर बक्स जलेको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट १ गाईसमेत मरेको र चट्याङले घरको छतमा समेत प्वाल परेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस