सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मतदान सकियो

२०८१ वैशाख १५, ०६:०९ खबर संवाददाता

धनगढीः बझाङमा भएको उपनिर्वाचनको मतदान सकिएको छ। जिल्ला निर्वाचन कार्यालय, बझाङका अनुसार शनिवार भएको मतदान सकिएको हो।

जिल्लामा प्रदेश सभा सदस्यका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान भएको थियो। शनिवार साँझसम्म २९ हजार सात सय ३८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। तर, अन्तिम परिणाम आउन बाँकी रहेको छ। प्रदेश सभा सदस्यका लागि बझाङमा ६१ हजार सात सय ४८ मतदाता रहेका छन्। जिल्लामा प्रदेश सभा सदस्यका लागि ११ जना उम्मेदवार रहेका छन्।

निर्वाचनका लागि खटिएका ४६५ कर्मचारीहरूसहित सुरक्षाकर्मी मतदान स्थलबाट फर्किदैछन्। जिल्लामा निर्वाचनको समयमा अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्म जिल्लामा मतदान भएको हो।

बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा आज उपचुनाव भएको हो।

 

कमेन्ट लोड गर्नुस