सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्य न्यायधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक पारित

२०७५ साउन २७, ०५:२३

प्रदेश ७ को आजको प्रदेशसभा बैठकले मुख्य न्यायधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

यस्तै आजको बैठकले स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी सभामा पेश भएको प्रस्तावलाई स्वीकृति दिएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको कर तथा गैर करमा राजश्व लगाउने र उठाउने  सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेवुल गरेका छन् ।   

 

कमेन्ट लोड गर्नुस