सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट जुवा मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

२०८१ वैशाख १४, ०७:३६ खबर संवाददाता

धनगढीः कैलालीबाट जुवा मुद्दाका ३ फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका-१ बस्ने ५० वर्षीय बलराम चौधरी, ४५ वर्षीय भरत थापा र ४८ वर्षीय विरभान बिक बिहीवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको मिति २०७५ जेठ ३१ गतेको फैसलाले जुवा मुद्दामा जनहि २ सय जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घर बाट पक्राउ गरि सजाए भुक्तानका लागि अदालतमा उपस्थित गराइएको छ। 

कमेन्ट लोड गर्नुस