सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खैरो हेरोईनसहित दुई जना पक्राउ 

२०८१ वैशाख १४, ०७:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१० जनकल्याण स्कुल नजिकबाट ३ ग्राम २६० मिलिग्राम खैरो हेरोईनसहित धनगढी उपमहानगरपालिका-३ बस्ने १८ वर्षीय किशोर र कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ बस्ने २१ वर्षीय समिर वडायकलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस