सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई जना लागूऔषधसहित पक्राउ 

२०८१ वैशाख २४, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका-६ बड्याहाबाट सोही ठाउँ बस्ने २७ वर्षीय जय किशन चौधरी र १९ वर्षीय रमेश बिष्ट आइतवार पक्राउ परेका हुन्। दुबै जनालाई १ ग्राम २०० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस