सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुकुटी नाला पुल सडकमा उड्ने धुलोले स्थानीय हैरान

२०७४ चैत्र ६, १०:०१

धनगढीको नेपाल राष्ट्र बैँकको पश्चिम पट्टी रहेको  सुकुटी नालामा वषौँ पछि पुल बनेपछि खुसी भएका स्थानीय सडकमा सवारी साधन गुड्ने बेला उड्ने धुलोले हैरान भएका छन्। पुलको पुर्व र पश्चिम तर्फको करिब झन्डै ३ सय मिटर सडक कालोपत्रे नहुदा स्थानीय बासिन्दा समस्यामा परेका हुन्। सुकुटी नाला पुल नजिकै विगत ४० वर्ष देखी बसोबास गर्दै आएकी पार्वती चौधरीले पुल छेउको कच्ची सडकमा लामो समयदेखी उडिरहेको धुलोका कारण हैरान भएको बताईन्।

नालामा पुल नहुदा समस्यामा पर्दै आएका स्थानीय पुल बनेपछि खुसि त भए, तर पुल छेउको सडकमा कालोपत्रे नगरीएपछि उड्ने धुलोका कारण हैरान भएका हुन । पुल बनेपछि आवातजावत गदा हुने समस्या टरे पनि अहिले उनीहरु हिउँदमा धुलो र बर्खामा हिलो खेप्न बाध्य भएको अर्की  स्थानीय बासिन्दा सरस्वती थापाले बताईन्।

नालाको पुल पनि २ वर्ष पहिले निर्माण सुरु भएर यो वर्ष मात्र सकिएको थियो। धुलो उड्न नदिन स्थानीयवासिन्दाहरु आफै सडकमा पानि छर्कने गरेका छन। पक्की सडक नहुँदा समस्या पारेको भन्दै स्थानीय कुमर बहादुर चौधरीले निर्वाचीत जनप्रतिनिधी र सम्बन्धीत पक्षले समस्या सामाधान गरिदिन आग्रह गरे। उनले भने, “पक्की सडक बनाईदिए हामीलाई सहज हुन्थ्यो।”

तर, धनगढी उपमहानगरपालिकाले भने सडकमा परेका खाल्डाखुल्डी केही समय अगाडी मर्मत गरेपनि अहिले क्षेत्रिय शहरी विकास आयोजनामा उक्त सडक परेकाले  हाललाई कालोपत्रे नगरिएको जनाएको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले सो सडक शहरी विकास आयोजनामा परेको हुदा दोहोरो खर्च हुने भएकाले कालोपत्रे योजनामा नपरेको बताए।  

 

कमेन्ट लोड गर्नुस