सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर गौतम गम्भीर बीजेपीबाट चुनाव लड्ने तयारीमा

२०७५ भदौ ५, ०८:०८

भारतीय ओपनिङ ब्याट्सम्यान गौतम गम्भीर पछिल्लो दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका छन् । तर पनि उनको चर्चा भने भैरहेको हुन्छ । फेरि एकपटक उनी चर्चामा आएका छन् । 
पछिल्लो दुई वर्षदेखि टिम इन्डिया बाहिर रहेका गौतम गम्भीर छिट्टै नै भारतीय जनता पार्टीको तर्फबाट राजनीतिमा प्रवेश गर्न लागेको चर्चा छ । मिडिया रिपोर्टका अनुसार उनी बीजेपीका तर्फबाट दिल्लीबाट चुनाव लड्न सक्ने तयारीमा रहेका छन् । 
भारतको राजधानी दिल्लीमा आम आदमी पार्टीको सरकार छ । गएको विधानसभा चुनावमा ७०मध्ये ३ सिटमात्रै जितेको बीजेपीले गौतम गम्भीरलाई एक खास उम्मेदवारको रुपमा टिकट दिन चाहेको बताइएको छ । 
लामो समयदेखि टिम इन्डिया बाहिर रहेका गम्भीरले भारतका लागि ५८ टेस्ट, १४७ वान–डे, ३७ टी–२० म्याच खेलेका छन् । यसका साथै उनले आईपीएलमा १५४ म्याच खेलेका छन् । आईपीएलमा कोलकाता नाइटराइडर्सले उनको कप्तानीमा दुई पटक उपाधि पनि जितेको छ । 
पछिल्लो संस्करणको आईपीएलमा भने गौतम गम्भीर दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । तर प्रतियोगितामा अपेक्षित नतिजा  नआएपछि उनले टिमको कप्तानबाट राजीनामा दिएका थिए ।

कमेन्ट लोड गर्नुस