सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजुलाई नारदमुनीको जवाफ– पर्खिनुस पाँच सय शैयाको अस्पताल बन्छ

२०७५ चैत्र ३०, ०७:०९ नवराज पनेरु

नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवालले चुनावमा पाँच सय शैयाको अस्पताल बनाउने दावी गर्ने नेता अहिले कता हराए रु भन्दै प्रश्न गरेपछि त्यस्को जवाफ प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले दिएका छन्। प्रतिनिधि सभा सदस्य रानाले नेतृ देउवाले प्रतिपक्षको धर्म निभाईरहेको प्रतिक्रीया दिदै आफ्नो कार्यकाल भित्रै सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने दावी गरे। हारको मानसिकताले नेतृ देउवाले उत्तः प्रश्न गरेको बताउँदै नेता रानाले सुरुमा चुनावमा तीन सय शैयामा अस्पतालको स्तरोन्नती भईसकेको झुठो प्रचार गर्नुको कारण मागे। उनले काग्रेस सभापति शेरवहादुर देउवा चार–चार पटक प्रधानमन्त्री हुँदा पनि सेती अञ्चल अस्पतालको स्तरोन्नती किन भएन रु भन्दै उल्टै प्रंश्न गरे। 

केहि दिनदेखि धनगढीमा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी नेतृ देउवाले अधिकासं कार्यक्रममा पाँच सय शैयाको अस्पताल बनाउने नेताहरु अहिले हराएको प्रतिक्रीया दिएकी थिईन्। २०७४ साल मंसिर २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनु अगाडी नेतृ देउवाले सेती अञ्चल अस्पतालको तीन सय शैयामा स्तरोन्नती गराएको दावी गर्दा उनका प्रतिस्पधी बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले पाँच सय शैयाको प्रादेशिक अस्पताल बनाउने दाबी गरेका थिए। तर अस्पताल अहिले प्रदेशको मातहतमा आएर २०४० सालको स्वीकृती अनुसार ५० शैयामा चलिरहेको छ। 
 

यो पनि पढ्नुहोस

धनगढीमा आरजुको प्रश्न– पाँच सय शैयाको अस्पताल बनाउने नेता कता हराए

चुनावको मुखमा सेती अञ्चल अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गराएको निर्णय हरायो, नारदमुनीको ५ सय शैया पनि अलपत्र

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस