चुनावको मुखमा सेती अञ्चल अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गराएको निर्णय हरायो, नारदमुनीको ५ सय शैया पनि अलपत्र (भिडियो सहित)
अस्पताल भएकै दरबन्दी पदपुर्तिको पखाईमा
सेती अञ्चल अस्पताललाई तिन सय शैयाको बनाउने निर्णय गराएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रचार गरिएको ८ महिना पुग्दा समेत अस्पतालले स्तरोन्नतीको पत्र पाएको छैन् । अस्पताल प्रशासनका अनुसार निर्वाचनका बेला तीन सय सैयामा स्तरोन्नती भएको खवर पाएको ८ महिना पुगेको छ तर स्तरोन्नतीको पत्र भने पाईएको छैन् । मंसिर २१ गते भएको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मुखैमा सेती अञ्चल अस्पतालाई आफ्नो पहलमा तीन सय शैयामा स्तरोन्नती गराएको भन्दै नेपाली काग्रेसकी नेतृ आरजु देउवाले चुनाव प्रचार गरिन् । तर मन्त्री परिषदको बैठकले ठाडो निर्णय गरेको भन्दै प्रचार गरेको ८ महिना पुग्नै लागेको छ अस्पताल स्तरोन्नती हुन त परै जावस अस्पताललाई स्तरोन्नती भएको आधीकारी जानकारी सहितको पत्र समेत आएको छैन् । मंसिर २१ गतेको निर्वाचन हुनुपुर्व मंसिर ९ गते नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले सेती अञ्चल अस्पतालमा गरेको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्यकी उम्मेदवार आर्जु राणा देउवाले आफ्नै पहलमा तीन सय शैयामा स्तरोन्नती गर्ने निर्णय गराएको दावी गरिन् ।
काग्रेस सभापति शेर वहादुर देउवा त्यति बेला प्रधानमन्त्री भएकाले धेरैले मन्त्री परिषदले स्तरोन्नतीको ठाडो निर्णय गरे होलान भन्ने आशा पनि गरे । तर राणाले भनेको स्तरोन्नतीको निर्णयको जानकारी अहिले सम्म सेती अञ्चल अस्पताललाई दिईएको छैन् । सेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले हल्लै हल्लामा स्तरोन्नतीको विषय ओझेलमा परेको बताए । चुनावको मुखमा सरकारले आचारसहिंताको उल्लंघन गर्दै सेती अञ्चल अस्पतालालई ३ सय शैयाको वनाएको भन्दै कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट वाम गठवन्धकनका उम्मेदवार नारदमुनी रानाले त आलोचना समेत गरे । आर्जु राणाले तीन सय सैयाको अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले ५ सय सैयाको प्रादेशिक अस्पताल वनाउने दावी गरे । तर न आर्जुको तीन सय शैया कार्यान्वयन भयो न त नारदमुनीको ५ सय शैयामा स्तरोन्नती भयो । सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न ५ सय सैयाको प्रादेशीक अस्पताल बनाउने एजेण्डा सहित विजयी भएका रानाले अहिले पनि अस्पतालको स्तरोन्नती भईसकेको दावी गर्दै आएका छन् । उक्त विषयमा न अस्पताल प्रशासनलाई जानकारी छ न त अस्पताल विकास समितीलाई नै । सेती अञ्चल अस्पताललाई चुनावको मुखमा स्तरोन्नती र सुविधा सम्पन्न वनाउने उम्मेदवारहरुका वाचा कहिले पुरा हुने हो पखाईको विषय बनेको छ ।
तर प्रतिनिधि सभा सदस्य रानाले भने चुनावमा राणाले स्तरोन्नती गरेको भन्दै गलत प्रचार गरेको र अहिले आएर अस्पतालको स्तरोन्नती भएको दावी गरे । निर्वाचन सकिएको झण्डै ८ महिना पुग्नै लाग्दा समेत न त नारदमुनीको ५ सय शैयाको अस्पताल भयो न त आरजुको ३ सय शैयामा स्तरोन्नती भएको निर्णय नै कार्यान्वयन भयो । स्थानीय तहको निर्वाचनमा पनि सेती अञ्चल अस्पतालको स्तरोन्नतीको मुद्धा प्रमुख एजेण्डा नै बनेको थियो । अहिले स्थानीय सरकार भने सेती अञ्चल अस्पताल आफ्नो मातहतमा नपर्ने भन्दै पन्छीरहेको छ । धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडले सेती अस्पताल आफ्नो मातहतमा नपर्ने र स्तरोन्नतीको निर्णय अहिलेको सरकारले कार्यान्वयन नगरेको आरोप लगाए । नेताहरुले ३ सय र ५ सय शैयाको भाषण गर्दै चुनाव प्रचार गरेपनि अस्पताल प्रशासन भने भएकै दरबन्दी पनि कहिले पुरा होला भन्ने चिन्तामा देखीएको छ ।
अस्पतालमा ११ जना विशेषज्ञ सहित १८ जनाको दरबन्दी रिक्त छ । प्रदेश ७ कै रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा साढे तीन दशक पुरानो दरबन्दी समेत पदपुर्ती हुन नसक्दा २८ लाख जनताको जनस्वास्थ्यमाथी खेलवाड भईरहेको छ । सेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले अञ्चल अस्पतालले पाउने उपकरण र जनशक्ति भएपनि अस्पतालको सेवा प्रवाहमा धेरै सुधार हुने दावी गरे । चुनावमा सुविधा सम्पन्न प्रादेशीक अस्पताल बनाउने दावी सहित प्रचार प्रशार गरेका नेताहरु, भएकै दरबन्दीको पदपुर्ती र चुस्त व्यवस्थापनका लागी उदासीन छन । २०४० सालकै दरबन्दीका चिकीत्सक ३५ बर्षसम्म ल्याउन नसकेका नेताहरुले ३ सय ५ सय सैयाको बनाउने भाषण दिनु कत्तिको उपयुक्त थियो सोच्न पर्ने बेला आएन र ?