सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बाघको आक्रमणबाट महिला घाइते

२०७९ मंसिर ८, ०५:४४ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा पाटेबाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १५ की ढुन्की कठायत पाटेबाघको आक्रमणबाट घाइते भएकी हुन्।
 
घाइते कठायतको पाखुरा, छाती, पिठ्यु, कानमा चोट लागेको छ। खोटेना भुराखानी र रानी कर्णाली सामुदायिक वन उपभोक्ता समूहको जंगलमा कठायतमाथि बाघले आक्रमण गरेको हो। घाइते कठायतको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस