सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका कृपाचार्यको ९७ वर्षमा निधन

२०८१ वैशाख १८, ०५:०० खबर संवाददाता

धनगढी: बैतडी घर भएका आचार्य कृपाचार्य अवस्थीको निधन भएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर २ धौलाडीका अवस्थीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।

आचार्य अवस्थीको सोमवार ९७ वर्षको उमेरमा निधन भएको हो। अवस्थी पूर्वीय दर्शन तथा योगका ज्ञाता तथा अभ्यासकर्ता हुन्। संस्कृतका विद्वान अवस्थी पुराण वाचकसँगै लामो समय शिक्षण गरेका व्यक्ति हुन्। अवस्थीले बैतडीको पुर्चौडी नगरपालिका स्थित हाटमा २००४ सालम खुलेको डिलेश्वरी माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण गरेका थिए। अवस्थीको निधनले सुदूरपश्चिम क्षेत्रले एक जना आध्यात्मिक व्यक्तित्व गुमाएको छ। उनकाे मङ्गलवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

कमेन्ट लोड गर्नुस