सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा आँखा शिविर लाग्ने

२०८१ वैशाख १८, ०७:०५ खबर संवाददाता

धनगढी: बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा आँखा शिविर लाग्ने भएको छ। पुर्चौडीको हाट स्वास्थ्य चौकीमा शिविर लाग्ने भएको हो।

नगरपालिका र च्यारेटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा लाग्ने आँखा शिविर बैशाख २२, २३ र २४ गते लाग्ने नगरपालिकाले जनाएको छ। तीन दिनसम्म चल्ने आँखा शिविरमा आँखाको बिरामीहरूको नि:शुल्क चेकजाँच तथा परामर्श प्रदान गरिने नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। आँखा शिविरमा मोतिविन्दु, जलविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको नि:शुल्क औषधी तथा कालो चस्मा वितरण गरिनेछ।

कमेन्ट लोड गर्नुस