कञ्चनपुरको वेदकोटमा स्थगित क्रिकेट कप सुरु हुने
२०७९ असोज २६, ०८:३८
धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिका–१ हात्तीथलामा स्थगित भएको पाँचौँ आदर्श क्रिकेट कप सुरु हुने भएको छ। वर्षाका कारण स्थगित भएको खेल असोज २८ गतेबाट सुरु हुने भएको हो।
आदर्श युवा समाजद्वारा आयोजित पाँचौं आदर्श क्रिकेट कप–२०७९ गत बिहीबार (१३ गते)बाट सुरु भएको थियो। आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वरप्रसाद जोशीका अनुसार बाँकी खेलहरु असोज २८ गतेबाट फेरि सुरु हुने भएका छन्।
कमेन्ट लोड गर्नुस