आयोजक गण्डकी सस्तैमा समेटियो, सुदूरपश्चिमलाई ५० रनको लक्ष्य
धनगढीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आयोजक गण्डकी प्रदेशले सुदूरपश्चिमसामु ५० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। नवौँ खेलकुदमा अहिलेसम्म् बनाएको यो नै कम स्कोरको योगफल हो।
पोखरा रगंशालास्थित क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ५९ रनको योगफल तयार पारेको हो। गण्डकी प्रदेशकी कप्तान सृष्टि जैसी २८ र शीला क्षत्री ६ रनमा नटआउट रहिन्। ४८ बलको सामना गरेकी कप्तान सृष्टिले १ चौका हानिन्। ज्योत्सिना मरासिनीले ७ तथा सिमाना केसीले ६ रन थपिन्। अञ्जली विश्वकर्मा, विन्दु मगरले समान १ रन जोडे।
सुजिता थापा शुन्य रनमा आउट भइन्। सुदुररपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कठायत, स्नेहा महरा र सावित्री धामीले समान १ विकेट झारे। प्रतियोगितामा दोस्रो खेल खेलिरहेका गण्डकी र सुदूरपश्चिम दुवै पहिलो जितको खोजीमा छन्।