सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका मन्दिर तथा देवस्थलमा रक्षा बन्धन र जनै धारण गरियो

२०७९ साउन २७, ०७:३७ खबर संवाददाता

धनगढी: जनैपूणिर्मा र रक्षा बन्धनको अवसरमा धनगढीका देवस्थलमा जनै धारण र रक्षा बन्धन गर्ने काम सम्पन्न भएको छ। धनगढी मुख्य बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा हजारौंको संख्यामा रक्षा बन्धन र जनै धारण गर्नेहरूको उपस्थिती रहेको थियो।

यस्तै धनगढीको शिवपुरी धाम, वनदेवी मन्दिर, रामजानकी मन्दिर, नैनादेवी मन्दिर, नवदुर्गा मन्दिर, पशुपति मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिरमा रक्षा बन्धन गर्न आउनेको उल्लेख सहभागिता रहेको थियो। श्रावण शुक्ल पूर्णिमाकाको दिन सनातन तागाधारीले पुरोहितबाट नयाँ जनै लगाउने र रक्षा बाध्ने प्रचलन रहेको छ।

कमेन्ट लोड गर्नुस