सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु

२०७५ फाल्गुन १६, ०१:५० खबर संवाददाता

कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मुत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर १ सुख्खडमा टिप्परको ठक्करबाट जगत बस्नेतका ६ बर्षीय छोरा सुबमको मुत्यु भएको हो। पुर्वबाट पश्चिम तर्फ आईरहेको मे १ क ३२८ नम्वरको टिप्परले बालकलाई सडक पार गर्ने क्रममा ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ३ दैजीका ४३ बर्षीय हिरासिह धानुक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोधमा आफन्तले चक्का जाम गरेकोमा अहिले भने फिर्ता गरिएको छ। 

कमेन्ट लोड गर्नुस