सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पोखरीमा डुबेर २ बालिकाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ असार १३, ११:०२ खबर संवाददाता

धनगढी: कैलालीमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा ०८ मलभङ्गा बस्ने लालबहादुर बिष्टकी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिमबहादुर कुवँरकी ६ वर्षीया भावना कुवँरको मृत्यु भएको हो। 

सोही ठाउँको बडिमालिका इटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा बर्दगोरिया १ मा रहेको खापर हेल्थ क्लिनिकमा उपचारको कृममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटना स्थल तर्फ प्रहरी गएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव परीक्षक वेदप्रकाश जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस