धनगढी उपमहानगरले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर प्रतिभाको खोजी गर्ने
२०७९ असार १२, १०:३९
धनगढी: धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका प्रतिभाको खोज, पहिचान एवम् विकास गर्ने कार्यक्रम लागू गर्ने भएको छ। राष्ट्रिय आविष्कार केन्द्र तथा स्थानीय स्तरमा रहेका नवप्रवर्द्धशील संस्थाहरूको सहकार्यमा उक्त कार्यक्रम लागू गरिने भएको हो।
महावीर पुनले स्थापना गरेको आविष्कार केन्द्रको सहयोगमा स्थानीय प्रतिभाको खोजी र विकास गर्ने नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।
कमेन्ट लोड गर्नुस