सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

२०८१ जेठ १३, ०२:१७

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। 
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नु भएको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री दाहालले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस भनी प्रस्ताव प्रस्तुत गरेको थियो।
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। प्रतिनिधिसभाको अर्काे बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ।
 

कमेन्ट लोड गर्नुस