सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममै पहिलोपटक ‘युवा महोत्सव’ हुने

२०७८ फाल्गुन २९, ०२:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममै पहिलोपटक प्रदेश युवा परिषद्ले आफ्नो वार्षिक कार्यक्रम अनुरुप ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ। प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा परिषद्ले ‘युवा महोत्सव’ आयोजना गर्न लागेको हो।

आगामी चैत्र महिनामै उक्त महोत्सव आयोजनाको तयारी सुरु गरिएएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिए। नमुना युवा संसद् अभ्यास अन्तरगत प्रमाणपत्र वितरण कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो जानकारी गराएका हुन्। सुदूरपश्चिम प्रदेशमै पहिलोपटक प्रदेशस्तरीय युवा महोत्सव आयोजनाको तयारीमा आफूहरु जुटेको उनले बताए। 

उनका अनुसार प्रदेशमा युवाहरुको सक्रियतालाइ थप सशक्त बनाउने उद्देश्यले महोत्सवको परिकल्पना हो। यस्तै महोत्सवले प्रदेशको कला संस्कृति समेत प्रबद्धन गर्ने बताइएको छ। ‘प्रदेशस्तरीय युवा महोत्सवले प्रदेशको कला तथा संस्कृति प्रबद्धन र सामाजिक कुरीतिको अन्त्यमा केन्द्रित हुनेछ’, उपाध्यक्ष कुँवरले भने, ‘यस्तै हामीले युवालाई रोजगारीसंग जोड्नका लागि समेत महोत्सव आयोजना गर्दैछौ।’ यस्तै  उक्त महोत्सवको बजेट झण्डै २८ लाख रहेको युवा परिषद्ले जनाएको छ। 

महोत्सवमा प्रदेशभरका ३५० युवा सहभागी हुन पाउने छन्। यस्तै महोत्सवमा स्टलहरु पनि राखिने बताइएको छ।

कमेन्ट लोड गर्नुस