सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी घर भएका डीआइजी श्रेष्ठलाई सेवामा बहाल गरिदिदा प्रेम आले खुशी!

२०७८ साउन ९, ०६:४९ खबर संवाददाता

धनगढीः सर्वोच्च अदालतले सशस्त्र प्रहरीका अवकाशप्राप्त डीआइजी प्रविण श्रेष्ठलाई तत्काल सेवामै कायम राख्न अन्तरिम आदेश दिँदा एमाले सांसद तथा पूर्वमन्त्री प्रेम आलेले खुसी तथा विजयी महशुस गरेका छन्।

खुसी यसकारण कि आलेले आफ्नो गृहजिल्ला डोटीका श्रेष्ठको म्याद एक वर्ष थप्नका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री खगराज अधिकारीसम्मलाई आग्रह गरेका थिए। आले मन्त्रीबाट हटेकै बेला अ‍ोलीसँग अशन्तुष्ट बनेका त थिए तर गुट नै छाडेर शेरवहादुर देउवालाई विश्वासको मत दिने तहमा पुग्ने घटना भने श्रेष्ठको म्याद थप नहुनु नै थियो।

आफ्नो क्षेत्रका सुरक्षा निकायका अधिकारीहरुलाई न्याय गर्नुपर्ने उनको माग थियो। आफ्नो सरकार भएका बेला डोटीका श्रेष्ठले आफ्नो जिल्लाका सांसद तथा सत्तापक्षका नेता आलेसँग एक वर्ष म्याद थपका लागि आग्रह गरेका थिए।

सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठ आलेका गृहजिल्लाबासी हुन्। उनले आलेबाट ठूलो भरोसा गरेका थिए। किनकी उनको एक वर्ष म्याद थपिँदा आईजीपी हुनेवाला थिए। ओलेले यो कुरा प्रधानमन्त्रीलाई भने। प्रधानमन्त्रीका स्वकीयसचिव राजेश बज्राचार्ययसँग ह्वाट्एपमा भिडियो च्याट नै गर्दै आफूले सिफारिस गरेको व्यक्ति अन्यथा होइन भन्दै डोटीको बासिन्दा रहेका प्रमाण नागरिकता समेत देखाए।

गृहमन्त्री खगराज अधिकारी थिए। तर, प्रवीण श्रेष्ठको म्याद थप मन्त्रिपरिषद्मा पुगेर पनि भएन। त्यसपछि उनी झनै रुष्ट भए। म्याद थप नभएपछि श्रेष्ठ केपी ओली सरकारविरुद्ध अदालतमा गए भने आले ओलीविरुद्ध विपक्षी गठबन्धनमा गए। 

आले अहिले सत्तारुढ गठबन्धनमा छन्। उनले देउवालाई विश्वासको मत दिएका छन्। यो सँगै अदालतले आलेले सिफारिस गरेका डिआइजीलाई सेवामा बहाल गरिदिएपछि उनी दोहोरो खुसीमा छन्। आले पछिल्लो समय केपी ओलीको नेतृत्व कायमै राखेर एमाले एकताको औचित्य नहुने बताइरहेका छन्।

कमेन्ट लोड गर्नुस