सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली प्रदेश सरकार बिस्तार

२०८१ वैशाख १८, ०३:५५ रासस

सुर्खेतः मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गरेका छन्।  मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेका हुन।

प्रदेश प्रमुखको कार्यालयका अनुसार     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ। 

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त भएका छन। आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैंले राखेका छन्। 

नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएका छन्। 
 

कमेन्ट लोड गर्नुस