महेन्द्रनगरबाट छुटेको बस बैतडीमा दुर्घटना
२०८३ मंसिर ५, ०८:१७
धनगढी: बैतडीको अनारखोलीमा बस दुर्घटना भएको छ।
महेन्द्रनगरबाट बझाङतर्फ गइरहेको सुपप्र०२००१ ख १२५२ नम्बरको बस एक्कासि अनियन्त्रित भएर सडकको नालीमा खसेको हो। बसका दुई वटा टायर नालीमा फसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन्। बस घटनास्थलमै भएपनि सवार यात्रुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस