सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहीबार थप ७५ जना संक्रमितको मृत्यु, ६ हजार ८२५ जनामा कोरोना पुष्टि

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २०, ०६:०९ खबर संवाददाता

काठमाडौंः  पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ। जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन्। कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ।
 

कमेन्ट लोड गर्नुस