सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड भ्याक्सिन खरिदका लागि धनगढी उप - महानगरपालिकाले माग्यो अनुमति

२०७८ जेठ १४, ०४:३२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उप - महानगरपालिकाले कोभिड -१९ विरुद्धको भ्याक्सिन खरिदको अनुमतिका लागि अनुरोध गरेको छ।

उप - महानगरपालिकाले कोभिड -१९ को जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापनका लागि भ्याक्सिन उपलब्ध गराइदिन वा खरिदका लागि अनुमति प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको हो। 

नगरवासीबाट कोभिड -१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराइनुपर्ने माग भई आएकाले नेपाल सरकारको मूल्य र मापदण्ड अनुसार भ्याक्सिन उपलब्ध वा खरिद अनुमतिका लागि अनुरोध गरिएको शुक्रबार जारी गरिएको पत्रमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस