सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लम्साललाई

२०८१ वैशाख १८, ०९:१६

धनगढी :  अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव शिवप्रसाद लम्साललाई दिइएको छ। गृह मन्त्रालयले मङ्गलवार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो।

अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका उपसचिव शरदकुमार पोखरेल उमेर हदका कारण अगामी जेठ ६ गते अनिवार्य अवकाशमा जान लागेकाले उनको ठाउँमा उपसचिव लम्साललाई पठाउने निर्णय भएको छ।

पोखरेलले करिव नौ महिना अघि गत साउन ३१ गते अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए। यस्तै लम्सालले भने पर्सामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी एक वर्ष अघि २०८० बैशाख २० गते सम्हालेका थिए।


 

कमेन्ट लोड गर्नुस