सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा संक्रमितलाई पौष्टिक खाजा खुवाउँदै थ्रीडीभीएल क्रियसन

। फोटो स्रोत ।
२०७८ जेठ ८, ०८:१५ खबर संवाददाता

धनगढीः थ्रिडिभिएल क्रियसनका युवाहरुले गोदावरी नगरपालिकाका अस्पतालहरुमा उपचाररत बिरामीहरुलाई पौष्टिक खाजा खुवाउने अभियान सुरु गरेका छन्।

गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पतालमा रहेका सुदूरपश्चिम सामुदायिक अस्पताल र पदमा अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुका लागि पौष्टिक खाजा खुवाउने अभियान सुरु गरेका हुन ।

अभियानको पहिलो दिन शनिबार मालाखेती अस्पताल, पदमा अस्पतालमा उपचाररत ९/९ जना र सामुदायीक अस्पतालमा उपचाररत ४ जना संक्रमित बिरामीलाई पौष्टिक खाजा वितरण गरिएको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए।

उनले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले अस्पतालहरुमा उपचाररत कोरोना संक्रमित विरामीलाई खाजा वितरण गरिएको बताए।

कमेन्ट लोड गर्नुस