सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको मुख हेर्ने दिनको अवसरमा युवाहरुद्वारा दृष्टि फाउण्डेशनलाई सहयोग

२०७८ वैशाख २८, ०४:३१ खबर संवाददाता

धनगढी: मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा धनगढीमा रहेको दृष्टि फाउण्डेशनलाई सहयोग गरिएको छ। 

फाउण्डेशनलाई धनगढीको त्रिवेणी युवा क्लबले १५ हजार बराबरका सामग्री सहयोग गरेको हो। आफुहरुले सामाजिक सञ्जालमा मात्रै नभएर वास्तविक माया दर्शाउन क्लबका सदस्यहरुबाट रकम उठाएर सहयोग गरेको प्रेम मल्लले बताए।

रकम उठाएर खाद्यान्न सामग्री, फलफूल, मास्क, स्यानिटाजर लगायतका सामग्री फाउण्डेशनलाई हस्तान्तरण गरेको उनले बताए।  

दृष्टि फाउण्डेशनले सडकमा रहेका बेसाहराहरुलाई आश्रय दिँदै आएको छ। 

कमेन्ट लोड गर्नुस