सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको स्वाब सङ्कलन

२०७८ वैशाख २४, ०६:५६ रासस

प्रधानमन्त्री केपी शर्मा ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। पीसीआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा  स्वाब सङ्कलन गरिएको हो।  

उनीसंगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस