सुदूर नेपाललाई विश्वसँग जोड्दै

गल्ती गर्ने प्रहरीलाई कारवाही हुने

। फोटो स्रोत ।
२०७५ असोज २१, ०४:३४

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताए। महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्छ बताए। प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उनले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताए।   

कमेन्ट लोड गर्नुस