धनगढीमा चिहानघाटमै बन्देज लगाएपछि २४ घण्टादेखि मुस्लिम पुरुषको शव घरमै
धनगढीः धनगढीमा कब्रिस्तान (चिहानघाट) मै बन्देज लगाएपछि २४ घण्टादेखि मुस्लिम पुरुषको शव घरमै रहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले कब्रिस्तानमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएकाले अर्को व्यवस्था नहुन्जेल सममका लागि भन्दै रोक लगाएपछि मुस्लिम परिवारले अन्तिम संस्कार गर्न नपाएका हुन् ।
कब्रिस्तानमै शव गाड्न रोक लगाइएपछि शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका सोही वडाका मोहमद जमसेदको शव २४ घण्टादेखि घरमै छ ।
मृतकका छोरा सद्दाम जमसेदले कब्रिस्तानमा रोक लगाएपछि बुवाको अन्तिम संस्कार गर्न नपाएको बताए । उनले अन्यत्र कब्रिस्तान नहुँदा शुक्रबार बिहान ५ः ३० बजेदेखि शवलाई घरमै कुरिरहेको बताए ।
स्थानीय प्रशासन र जनप्रतिनिधिको अवरोधका कारण बुवाको अन्तिम संस्कार गर्न नपाएपछि मुस्लिम समुदायममा पीडामाथि पीडा थपिएको छ । उनीहरुले आज दिउँसो सम्म प्रशासनले निकास नदिएमाजे पनि हुनसक्ने चेतावनी समेत दिएका छन् ।
पशुपति टोलस्थित नेपाली नुरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिन भन्छन्,‘शव व्यवस्थापनको लागि हामी शुक्रबार विहानैदेखि जिल्ला प्रशासन संग अनुनय विनय गर्दै आएका छौ । हामीलाई दिनभरि आश्वासन मात्रै दिइयो ।
आज पनि शव घरमै छ । यदि आज १२ बजेसम्म शव व्यवस्थापनको निकास आएन भने जे पनि गर्न तयार हुनेछौ ।’ त्यसको जिम्मेवारी जनप्रतिनिधि र प्रशासनले लिनुपर्ने भनाई उनीहरुको छ ।
स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले विहिबार कोरोना संक्रमितको शव कब्रिस्तानमै व्यवस्थापन गरेपछि केही स्थानीयको विरोध गरेपछि धनगढी उपमहानगरपालिकाको १ नं. वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्म भन्दै सो कब्रिस्तान नै सील गरेपछि अर्का मृतकका परिवार शव गाड्नबाट वञ्चित भएका हुन् ।
आफुहरुको धार्मिक मूल्य मान्यतालाई स्थानीय निकाय र स्थानीय प्रशासनले वेवास्ता गरेको बताउँदै मुस्लिम अगुवा लासमाथि राजनीति भैरहेको भन्दै आक्रोश भएका छन् ।
सम्बन्धित समाचार :
धनगढी उपमहानगरपालिकाले कार्यविधि मिच्यो, मुस्लिम समुदायलाई कब्रिस्तानमा शव गाड्न रोक
कोरोना संक्रमितको शव गाडिएपछि कब्रिस्तानमा तालाबन्दी कायमै, अर्को शव घरमै !
कब्रिस्तानमा कोरोना संक्रमितको शव गाडिएपछि तनाव सिर्जना
धनगढीको कब्रिस्तानमा तालाबन्दी
कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलालाई कब्रिस्तानमा गाडेपछि स्थानीयको विरोध
कब्रिस्तानमै बन्देज लगाएपछि मृतकका आफन्त भन्छन् : भोलिसम्म निकास नआए जे पनि हुन सक्छ !