कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला, हत्याको आशंका
धनगढी : कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउद मृत फेला परेकी हुन्।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको बताए।
‘११ गतेदेखि उनी वेपत्ता रहेको जानकारी आएको छ,’ प्रहरी नायव उपरिक्षक विष्टले भने, ‘मृत अवस्थामा फेला परेपछि मृतकका श्रीमान ओम साउदसंग सोधपुछ भईरहेको छ। अहिले नै के–कसरी मृत्यु भयो भन्न सकिदैन्।’
यता मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या नै भएको आरोप लगाएका छन्। मृतकका काका शिव साउदले लक्ष्मीको हत्या नै भएको बताउँदै दिनेश खवरलाई भने, ‘घटनाको प्रहरीले सत्यतथ्य बाहिर ल्याउनपर्छ।’