सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर विदेशी नागरिकको मृत्यु

२०७६ मंसिर १, ०५:२९ खबर संवाददाता

आइलम्पिक पिक आरोहण गरेर फर्कने क्रममा लडेर एक विदेशि नागरिकको मृत्यु भएको छ। शुक्रबार पिक आरोहण गरी फर्कने क्रममा सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार ३५ वर्षीय आन्ड्रेस ब्याक पेडर्सनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पेडर्सन झण्डै २ सय मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको हो।

कानुनी प्रक्रिया पुरा गरी शवलाई सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट काठमाण्डौको त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मृतक पेडर्सनसहित ११ जनाको समूह फुटलोज इन द हिमालयन प्रालिमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका जनाइएको छ।

कमेन्ट लोड गर्नुस