विपिन जीवित नरहेको हमासले गर्यो पुष्टि, आजै शव इजरायललाई बुझाइने
धनगढी: हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ ।
हमासले निकालेको विज्ञप्तिमा विपिनको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरिएको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।
इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।