सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशमा ‘भनसुन उद्योग’ सुरु भइसक्यो : देउवा

२०७६ साउन ११, ०७:१९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशमा ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन्। शनिबार काठमाण्डौमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबैभन्दा ठूलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताउंदै लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको दाबी गरे।

नेपालमा भनसुन उद्योग सुरु भइसक्यो। सबैभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो। जसको भनसुन हुन्छ उसको चल्छ। लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ? भनसुन गर्ने मान्छे नभए फेल गर्दिन्छन् उनले भने। यस्तै उनले निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लाग्न नसकेको, दण्डहीनता र हिंसाका घटनाहरु बढ्दै गएको, भ्रष्टाचार बढेको, सुशासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको समेत बताए।

 

कमेन्ट लोड गर्नुस