सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस र राजपाको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

। फोटो स्रोत ।
२०७६ असार २४, ०२:५७

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको छ। संघीय संसद सचिवालयले  सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दे कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे रोष्ट्रम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेको थियो।
 

कमेन्ट लोड गर्नुस