सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-६ मटियारीको न्यू बन्डोली नर्सरीमा ढकमक्क फुल्यो सयपत्री (तस्विरहरु)

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको छ।

गत वर्षदेखि पुष्पखेती गरिरहेकी बिष्टले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन्।

बिष्टले दसैंदेखि नै फूल तथा माला बिक्री गर्न थालेकी हुन्। डेढ विघामा लगाइएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने किसान सुशीला बिष्टले बताइन्। उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन्।

सुशीला बिष्ट जस्तै धनगढीका थप १० जना किसानले यो वर्ष पुष्पखेती गरेका छन्। धनगढी उपमहानगरपालिकाले गत वर्ष २६ जना कसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएकोमा यो वर्ष तालिम लिएका १० जनाले व्यवसायिक पुष्पखेती गरेका छन्।

किसानले उत्पादन गरेको फूल बिक्री गर्न उपमहानगरले फूल बिक्री केन्द्र खोल्न र यान्त्रिकरणमा अनुदान दिएको छ।

कृषि विकास निर्देशनालयले समेत धनगढीका पुष्पखेती गर्ने किसानलाई शित भण्डार निर्माण गर्न सहयोग गरेको छ। धनगढी उपमहानगरपालिकाले किसानलाई अन्यन्त्र पुष्प पठाउनुपर्ने अवस्थामा भाडामा ५० प्रतिशत अनुदान दिने गरेको छ।

जसले गर्दा धनगढीमा उत्पादित फूल नेपालगन्ज, पोखरा र काठमाडौं पठाउन किसानहरूलाई सहज भएको बिष्टले बताइन्।

उनले नियमित रुपमा नेपालगन्ज, पोखरा र काठमाडौंबाट माग आउने गरेको तथा उपमहानगरको ५० प्रतिशत भाडा सहयोगमा पठाउन सहज भएको बताइन्।

न्यू बन्डोली नर्सरी कन्सर्न स्थापना गरेर सुशीला बिष्ट र उनका पति शंकर बिष्टले वर्षभरि नै फूल उत्पादन गर्दै आएका छन्।

उपभोक्ताबाट माग आएको खण्डमा धनगढीको हकमा घरमै फूल तथा माला पुगाउने गरेका बिष्ट दम्पतिले विवाहका लागि विभिन्न प्रकारका माल तयार गर्नुका साथै गाडी, माण्डप र स्टेज सजावटको काम समेत गर्दै आएका छन्।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८१ कार्तिक ६, ०५:३८
कमेन्ट लोड गर्नुस