सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट लागुऔषधसहित २१ वर्षीय युवक पक्राउ

२०८१ कार्तिक ७, ०६:१९ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनलाई १ ग्राम २३० मिलिग्राम लागुऔषध (हेरोइन) सहित पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस